पहिलो पटक महिला अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउँदै साउदी अरब

पहिलो पटक महिला अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउँदै साउदी अरब

एजेन्सी : साउदी अरबले सन् २०२३ मा पहिलो पटक साउदी महिला अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने भएको छ।

साउदी महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी कै अर्का पुरुष अन्तरिक्षयात्री अली अल कर्नीलाई एक्स–२  मिसनको सदस्यको रुपमा अन्तरिक्षमा पठाउन लागेको बताइएको छ।

यी दुवै साउदी अरबबाट अन्तरिक्षमा जाने पहिलो अन्तरिक्षयात्रीहरू हुनेछन्। साउदीले अन्तरिक्षमा आफ्नाे देशको मानव पठाउने योजना अन्तर्गत पहिलाे पटक यी दुईलाई पठाउन लागेको हो। 

यस कार्यक्रममा साउदी अन्तरिक्षयात्रीको साथमा अन्य देशका दुई अन्तरिक्षयात्रीहरू पनि प्रशिक्षणका लागि जानेछन्।

फागुन १, २०७९ सोमबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।