अन्तिम १० मिनेटमा दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडले जित्यो खेल

अन्तिम १० मिनेटमा दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडले जित्यो खेल

एजेन्सी : खेलको अन्तिम १० मिनेटमा दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ।

घरेलु टोली लिड्सविरुद्ध खेलको ८०औं मिनेटमा रासफोर्डले पहिलो गाोल गरेको थिए। यसको पाँच मिनेट पछि गार्नाचोले गोल गर्दै युनाइटेडको जित पक्का गरे।

यो जितसँगै २३ खेलबाट ४६ अंक रहेको युनाइटेड लिगको तेस्रो स्थानमा छ। युनाइटेड लिग लिडर आर्सनल भन्दा ५ अंकले तल रहेको छ।

फागुन १, २०७९ सोमबार ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।