हुण्डाईको 'कोना' र 'आयोनिक ५' किन्दा वाशिङ मेशिन जित्न सक्ने अफर

हुण्डाईको 'कोना' र 'आयोनिक ५' किन्दा वाशिङ मेशिन जित्न सक्ने अफर

काठमाडौं: नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना र आयोनिक ५ गाडीको खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ। 'वान् मोर रिजन टु गो इलेक्ट्रिक' नारासहितको योजनाअन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा जर्मन ब्रान्ड बोचको वाशिङ मेशिन उपहार प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूको मन जित्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आकर्षक योजनाहरू बजारमा ल्याउँदै आएको छ। अहिलेको आवश्यकता अनुरूप विद्युतीय गाडीहरूको प्रयोगमा वृद्धि ल्याउन साथै आफ्नो उत्कृष्ट उत्पादनहरूको प्रवर्द्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

हुण्डाईको कोना र आयोनिक ५ नेपालमा विद्युतीय गाडीहरूको श्रेणीमा अग्रपंक्तिमा आउँछन्। उत्कृष्ट डिजाइन, पफर्मेन्स र हुण्डाईको विश्वसनीयताले यी गाडी ग्राहको रोजाइमा पर्दै गएको छ।

विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आक्रामक रूपमा चार्जिङ स्टेशनहरूको निर्माण गरिरहेको छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ स्टेशनमार्फत नेपालभरि नै सबै हुण्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ। 

फागुन १, २०७९ सोमबार ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।