बिहान साढे चार बजे ओलाङचुङ्गोला केन्द्रविन्दु बनाएर गयो भूकम्प
काठमाडौं: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ स्थित ओलाङचुङ्गोला केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्प ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो। ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ– ७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए।
ओलाङचुङ्गोलाई केन्द्रविन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो।
फागुन १, २०७९ सोमबार १०:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।