नेपालको पहिलो प्राथमिकता कृषि नै हो : प्रधानमन्त्री
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको पहिलो प्राथमिकतामा कृषि क्षेत्र नै रहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषिमा आधारित उद्योगको विकास, त्यसका लागि आवश्यक प्रविधि, ज्ञान र सीपको प्रवर्द्धन गर्नुपर्ने बताए।
उनले भने, ‘कुनै समय खाद्यान्नमा आत्मनिर्भर भएको देश कसरी परनिर्भनर भयो? यसको खोजी गर्दै सकारात्मक दृष्टिकोणका साथ अठोट गरिए केही वर्षमा ठूलो प्रगति र विकास गर्न सकिन्छ।’
प्रधानमन्त्रीले पछिल्ला दुई महिनामा अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखापरेको भए पनि त्यो स्थायी नभएको समेत बताए।
माघ २९, २०७९ आइतबार २०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।