श्रीलंका आर्थिक संकट : औषधि अभावका कारण सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

श्रीलंका आर्थिक संकट : औषधि अभावका कारण सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

एजेन्सी : श्रील‌ंकाका स्वास्थ्यमन्त्री केहेलिया रम्बुक्वेलाले आइतबार सरकारी अस्पतालहरूमा अत्यावश्यक एवं अन्य किसिमका शल्यक्रियाहरू स्थगित गरिएको घोषणा गरेका छन्।

श्रील‌ंकाको  मेडिकल एसोसिएसनले औषधि, सर्जिकल उपकरण र प्रयोगशालामा प्रयोग हुने रसायनको अभावलाई अहिले नै सम्बोधन नगरे देशको स्वास्थ्य क्षेत्रले केही साताभित्रै गम्भीर स‌ंकटको सामना गर्ने चेतावनी दिएपछि यो निर्णय सार्वजनिक भएको हो ।

आर्थिक स‌ंकट र विदेशी मुद्राको भुक्तानी सन्तुलनको स‌ंकटका कारण श्रीलंकाले सन् २०२२ देखि चिकित्सा क्षेत्रमा पनि ठूलो अभावको सामना गरिरहेको छ।

गत वर्षदेखि बढ्दो मुद्रास्फीतिका कारण औषधिको मूल्य पनि बढेको छ। श्रीलङ्का देशको औषधि आवश्यकताको लगभग ८५ प्रतिशत र यसको चिकित्सा आपूर्तिको लगभग ८० प्रतिशत आयातमा निर्भर रहने गरेको छ। 

माघ २९, २०७९ आइतबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।