देशको आवश्यकताका आधारमा विमानस्थल निर्माण गरिनेछ : नागरिक उड्डयनमन्त्री किराँती
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको आवश्यकताका आधारमा विमानस्थल निर्माण गरिने बताएका छन्।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले भने, ‘मुलुकको आवश्यकताका आधारमा विमानस्थल निर्माण हुनेछन्। सिद्धान्त र विचारले मात्र अब चल्दैन, परिणाम आउने गरी काम गरिनुपर्छ।’
साथै उनले मानवीय, भूगोल र प्राविधिक पक्षका आधारमा हवाई जहाज दुर्घटना हुने गरेको अध्ययनले देखाएको उल्लेख गरे।
माघ २९, २०७९ आइतबार १८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।