बुटवलमा हुने ‘कृषि मेला–२०७९’ को तयारी पूरा, विशेष आकर्षणको रुपमा ‘पोर्क फेस्टिवल’

बुटवलमा हुने ‘कृषि मेला–२०७९’ को तयारी पूरा, विशेष आकर्षणको रुपमा ‘पोर्क फेस्टिवल’

बुटवल : बुटवलमा हुन लागेको ‘कृषि मेला–२०७९’ को तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ।

बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गर्न लागिएको गैरनाफामुलक यो मेलामा ५० वटा स्टल रहने छन् भने २५ हजार जनाले अवलोकन गर्ने लक्ष्य लिइएको छ।

यही फागुन २ देखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको ११ औं संस्करणको कृषि मेलामा विशेष आकर्षणको रुपमा पोर्क फेस्टिवललाई लिईएको छ।

त्यसैगरी मेलामा कृषिमा आधुनिक प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल तथा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल हुने बताइएको छ।

मेलामा १३ वटा स्टल पोर्क फेस्टिवलको लागि छुट्याईएको छ। जसमा ९ प्रकारका (चाईनिज सहित) बंगुरको मासुबाट बनेका २१ परिकार पस्किने जानकारी दिइएको छ।

उपत्यका बाहिर २०४१ सालमा पहिलो पटक बुटवलमा मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालमा पहिलो पटक विशिष्टिकृत कृषि मेला आयोजना गरेको थियो।

माघ २९, २०७९ आइतबार १८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।