सोमबार ‘जनयुद्ध दिवस’ का दिन सरकारले सार्वजनिक विदा दिने
काठमाडौं। सरकारले ‘जनयुद्ध दिवस’ का दिन फागुन १ गते साेमबार (भाेलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो।
विशेषगरी माओवादी केन्द्रले हरेक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ को रूपमा मनाउँदै आएको छ।
माघ २९, २०७९ आइतबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।