लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।

शनिबार राति सत्ता साझेदार ४ दलका ९ जना प्रदेशसभा सदस्यहरुलाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लिला गिरीले आफ्नो मन्त्रीपरिषदलाई पूर्णता दिएका थिए।

मुख्यमन्त्री गिरी आफूले कुनैपनि मन्त्रालयको जिम्मेवारी राखेका छैनन्। उनले माओवादी संसदीय दलका नेता जोख बहादुर महरालाई आर्थिक मामिला मन्त्रालय र एमाले नेता चेतनारायण आचार्यलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्। 

माओवादी नेता ईन्द्रजित थारुले भौतिक पूर्वाधार विकास र एमाले नेता बिष्णु पन्थीले स्वास्थ्य मन्त्रालय पाएका छन्।

त्यसैगरी माओवादी नेतृ कृष्णा केसीलाई आन्तरिक मामिला कानून तथा सहकारी, एमाले नेता दुर्गा प्रसाद चौधरी वन तथा वातावरण, राप्रपाका जानकी प्रसाद यादव उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, एमाले नेता तुल्सीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

माघ २९, २०७९ आइतबार १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।