उच्च अङ्कले घट्यो नेप्से, सबै समूहको उपसूचकमा गिरावट

काठमाडौं: आज आइतबार नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ। आज नेप्से ६०.७७ अङ्कले घटेर २१२१.८६ कायम भयो।
आज २५३ वटा कम्पनीको ८१ लाख ३९ हजार आठ सय ४० कित्ता शेयर खरिदबिक्री हुँदा तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ रुपौयाँ बराबरको कारोबार भयो।
आज सबै समूहको उपसूचकमा गिरावट देखिएको छ। सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४.४८ प्रतिशतले बढेको छ।
कारोबार भएका शेयर सङ्ख्याको आधारमा सबैभन्दा धेरै न्यादी ग्रुप पावर लिमिटेडको तीन लाख ७३ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री भएको छ।
माघ २९, २०७९ आइतबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।