१४ प्रतिशतले घटाइयो बजेटको आकार, आठ प्रतिशतको आर्थिक वृद्धि हासिल नहुने पक्का
काठमाडौं : सरकारले पूर्व अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाएका हुन्। बजेटको मध्यावधि समीक्षा गर्दै उनले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारे।
आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस वर्ष लक्ष्य अनुसार आठ प्रतिशतको आर्थिक वृद्धि पनि हासिल नहुने बताए।
उनले चालु खर्च पनि ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोडमा झारेको बताए। त्यसैगरी, पूँजीगततर्फ पनि खर्च ३ खर्ब ८० अर्ब ३८ करोडबाट ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको उल्लेख गरेका छन्।
माघ २९, २०७९ आइतबार १६:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।