सवारीको समस्यामा राष्ट्रपतिको कुनै दाेष छैन, यो त सरकारको सुरक्षा संयन्त्रको कमजोरी हो: रघुजी पन्त

सवारीको समस्यामा राष्ट्रपतिको कुनै दाेष छैन, यो त सरकारको सुरक्षा संयन्त्रको कमजोरी हो: रघुजी पन्त

काठमाडौं: शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा जनताले भोगेको अप्ठ्यारोमा राष्ट्रपतिको कुनै दाेष नरहेको एमालेका सांसद रघुजी पन्तले बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भीभीआइपीहरूको सवारीमा सरकारले जनतालाई अप्ठ्यारो नपर्ने गरी सुरक्षा व्यवस्था गर्न नसकेको बताए।

उनले भने, ‘आफ्नो सवारी कस्ताे हुने भनेर राष्ट्रपतिले तय गर्ने विषय होइन। यो त सरकारको सुरक्षा संयन्त्रले मिलाउने कुरा हाे। त्यसैले शुक्रबारको घटनामा पनि कमजोरी सुरक्षा संयन्त्रकै हो।

राष्ट्रपतिको सवारीका क्रममा आफू पनि जाममा परेको र मानिसहरूले गाली गर्न थालेपछि लोगो छोपेको उनले उल्लेख गरे।

माघ २९, २०७९ आइतबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।