चितवन-२ मा छिटो उपनिर्वाचन हुनुपर्ने रवि लामिछानेको माग
काठमाडौं: अवैध नागरिकताका कारण सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उपनिर्वाचनको मिति छिटो तोक्न माग गरेका छन्।
सत्तारुढ राजनीतिक दलका नेताहरूको आइतबारको बैठकमा लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग चितवन-२ को उपनिर्वाचन छिटो हुनुपर्ने माग राखेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रीले भने यस विषयमा छलफल भइरहेको बताए।
गत मंसिर ४ को निर्वाचनमा चितवन-२ बाट निर्वाचित भए पनि अवैध नागरिकताका कारण उनको सांसद पद खारेज भएको थियो।
माघ २९, २०७९ आइतबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।