फिलिपिन्समा सडक दुर्घटनामा परी ६ जना प्रहरीसहित सातको मृत्यु

फिलिपिन्समा सडक दुर्घटनामा परी ६ जना प्रहरीसहित सातको मृत्यु

एजेन्सी: दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा ६ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन्।

मिसामिस ओरिएन्टल प्रान्तमा दुई वटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ। दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर्फ गइरहेका बेला मालवाहक ट्रकलाई उछिन्न खोज्दा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा कुल १९ जना प्रहरी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ। 

माघ २९, २०७९ आइतबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।