जसपामा अन्तरघातको आरोप लाग्नेमा अधिकांश केन्द्रीय नेताहरू

काठमाडौं: गत प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको आरोप लाग्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अधिकांश केन्द्रीय नेताहरू नै रहेका छन्। पार्टीका केन्द्रीय कार्यकारी समिति सदस्य शिवलाल थापा नेतृत्त्वको छानबिन समितिले अहिलेसम्म करिब ४० जना केन्द्रीय नेताहरूसँग बयान लिइसकेको छ।
मोरङ, सप्तरी, सिराहा, धनुषा ,महोत्तरी, सर्लाही, बर्दिया, कैलाली, सुर्खेत जिल्लामा पुगी समितिले आरोपितहरूसँग बयान लिएको हो।यस्तै सुनसरी, पाँचथर, धादिङ, मकवानपुर जिल्लाको छानबिन सकिएपछि समितिले आफ्नो प्रतिवेदन बुझाउने छ।
अन्तरघातको आरोप पुष्टि भएमा उनीहरूमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारबाही हुनेछ।
माघ २९, २०७९ आइतबार १३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।