शाहरुखले 'दिलवाले दुल्हनिया ले जाएङ्गे' साटो 'पठान' नै हेर्ने, भन्छन्, 'बल्ल त एक्शन हिरो बनेको हुँ'

शाहरुखले 'दिलवाले दुल्हनिया ले जाएङ्गे' साटो 'पठान' नै हेर्ने, भन्छन्, 'बल्ल त एक्शन हिरो बनेको हुँ'

एजेन्सी: बलिउड अभिनेता शाहरुख खानले आफ्ना दुई चर्चित फिल्म 'दिलवाले दुल्हनिया ले जाएङ्गे' (डीडीएलजे) र 'पठान'मध्ये कसलाई चुन्लान्? एउटा फिल्मले उनलाई रोमान्टिक हिरोको रूपमा स्थापित गरिदियो र अर्कोले अहिले कमाइको मामिलामा कीर्तिमानमाथि कीर्तिमान बनाइरहेको छ।

शाहरुख बलिउडमा स्थापित हुनुमा पनि डीडीएलजेको ठूलो देन छ भन्दा फरक पर्दैन। तर, अहिले भने शाहरुख पठानतिरै सोझिएका छन्।

शाहरुख डीडीएलजेभन्दा पठान नै हेर्ने बताउँछन्। बल्ल-बल्ल एक्शन हिरो बनेकाले फेरि डीडीएलजेको राज बन्ने आफ्नो कुनै इच्छा नभएको उनले बताए।

खासगरी भ्यालेन्टाइन्स सप्ताहको अवसरमा यशराज फिल्म्सले भारतको ३७ शहरमा डीडीएलजेको पुनः प्रदर्शन गर्ने भएको छ। यही खबरमा प्रतिक्रिया जनाउँदै शाहरुखले त्यस्तो बताएका हुन्।

शाहरुखले भनेका छन्, 'अरे यार बल्ल त एक्शन हिरो बनेको छु। अनि तिमीहरू चाहिँ फेरि राजलाई फर्काउन खोज्दैछौ। यो प्रतिस्पर्धाले मलाई बाँच्न नदिने भो। म त पठान नै हेर्न जान्छु। राज त घरकै हो।'

माघ २९, २०७९ आइतबार १२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।