बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
काठमाडौं: सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भइरहेको बताइएको छ।
सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले उक्त संयन्त्रको गठन गरेका थिए।
सरकारमा सहभागी भए पनि जनमत पार्टी बैठकमा उपस्थित छैन। यस्तै नागरिक उन्मुक्ति पार्टी र जसपा नेपाल पनि बैठकमा अनुपस्थित छ।
माघ २९, २०७९ आइतबार १०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।