विराटनगरमा टेलरको ठक्करबाट एक जनाको ज्यान गयो
काठमाडौं: मोरङको विराटनगर महानगरपालिका- १८ लावाघाटमा हिजो साँझ टेलरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका- १३ बस्ने अन्दाजी ४४ वर्षीय राजन गिरी रहेका छन्।
हिजो साँझ सवा ६ बजे टेलरको ठक्करबाट गम्भीर घाइते भएका मे१०प ९१६१ नम्बरको स्कुटरका चालक गिरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
शवलाई पोष्टमोर्टमको लागि कोशी अस्पताल पठाइएको छ। टेलर चालक फरार रहेकाले खोजी भइरहेको छ।
माघ २९, २०७९ आइतबार ०९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।