सवारीमा कुटिएका डाक्टर भन्छन्– ‘राष्ट्रपतिज्यू, साइकल चढ्नुस्’

सवारीमा कुटिएका डाक्टर भन्छन्– ‘राष्ट्रपतिज्यू, साइकल चढ्नुस्’

काठमाडौं : राष्ट्रपति सवारीमा प्रहरीबाट कुटिएका डाक्टर जनित सिंहले राष्ट्रपतिलाई साइकल चढ्न सुझाएका छन्।

शनिबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले आफ्नो नाम याद गर्न आग्रह गर्दै साइकल चढ्न सुझाव दिएका हुन्।

उनले लेखेका छन्, ‘सम्माननीयय राष्ट्रपतिज्यू, मेरो नाम याद गर्नुहोला। त्यस्तै आइपरेमा हजुरको विकल्प छ, मेरो छैन। हजुर पनि कहिलेकाहिँ साइकल चढ्नुस, स्वास्थ्यको लागि राम्रो हुन्छ।’

उनले आफूलाई कुट्ने हवल्दारलाई बलिको बोको नबनउन आग्रह गर्दै समग्र राष्टपतिको सवारीको जिम्मा लिदे मुख्य अधिकारीसँग स्पष्टीकरण लिन माग गरेका छन्।

यस्तो छ उनको स्टाटसः

माघ २८, २०७९ शनिबार २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।