विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत

काठमाडौं : विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन्।

शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए।

त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन्।

महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चुनिए।

माघ २८, २०७९ शनिबार २०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।