८६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडियो

८६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं : ८६ मेगावाट क्षमताको सोलुदूधकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

अघिल्लो सातादेखि परीक्षण उत्पादन थालेको आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले जानकारी दिए।

उनका अनुसार केन्द्रीय प्रसारण लाइन जोडिएसँगै अबको १५ दिनभित्र व्यावसायिक उत्पादन गरिनेछ।

सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दुधकोशी गाउँपालिका–३ मैकुबेसीमा खसालेर ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो।

नदी प्रवाहमा आधारित विद्युत् आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको छ। सहास ऊर्जाको विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडिएको हो।

माघ २८, २०७९ शनिबार २०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।