बालिका बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ, होटल सञ्चालिकासमेत प्रहरी नियन्त्रणमा

बालिका बलात्कार आरोपमा १९ वर्षीय युवक पक्राउ, होटल सञ्चालिकासमेत प्रहरी नियन्त्रणमा

भक्तपुर : १४ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ।

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

तामाङले ती बालिकालाई गत आइतबार भक्तपुर नगरपालिका-९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

साथै उक्त होटलकी संचालिकालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

माघ २८, २०७९ शनिबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।