डाक्टर कुट्ने प्रहरी निलम्बित
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन्।
प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजङ्ग गुरुङलाई निलम्बन गरेको केन्द्रीय प्रवक्ता पोषराज पोखरेलले उकेरालाई जानकारी दिए।
शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रममा भएको सवारीका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो।
सोही क्रममाख राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परेका थिए। निधारमा रगत जमेपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो।
माघ २८, २०७९ शनिबार १७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।