नवाज र श्रीमतीबीचको विवाद उग्र हुँदै, डीएनए टेस्टको मागपछि अब भनिन्- 'यस्ता व्यक्तिलाई मैले १८ वर्ष दिएँ'

नवाज र श्रीमतीबीचको विवाद उग्र हुँदै, डीएनए टेस्टको मागपछि अब भनिन्- 'यस्ता व्यक्तिलाई मैले १८ वर्ष दिएँ'

एजेन्सी: बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी र उनकी श्रीमती आलियाबीचको विवाद उग्र हुँदै गएको छ। हालै उनीहरूबीचको विवादको अर्को काण्ड सार्वजनिक भएको छ।

१० फेब्रुअरीमा आलियाले इन्स्टाग्राममा एक भिडियो राख्दै भनेकी छिन- 'मलाई पछुतो छ मैले यस्तो व्यक्तिलाई आफ्नो जीवनको १८ वर्ष दिएँ जसको आँखामा मेरो लागि कुनै सम्मान छैन।'

यो भन्दै उनले आफूहरूको प्रेमको सुरुआतदेखिको संक्षिप्त घटना बताएकी छिन्।

यसअघि पनि उनीहरूबीचको विवाद बढ्दै जाँदा आलियाले नवाजविरुद्ध उच्च अदालतमा रिट दायर गरेकी थिइन्। जहाँ उनले आफ्नो छोरा र नवाजको डीएनए परीक्षण गराउन माग गरेकी थिइन्।

माघ २८, २०७९ शनिबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।