सर्लाही जिल्लामै पहिलो विद्युतीय चार्जिङ स्टेशन स्थापना
काठमाडौं: सर्लाहीको हरिवन नगरपालिका– ११ मा जिल्लाकै पहिले विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन स्थापना गरिएको छ। नेपाल सरकारले सन् २०५० सम्ममा यातायातमा प्रयोग हुने इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिबद्धता जनाएपछि विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन स्थापना हुन थालेका छन्।
एक पटकमा चार वटा सवारीसाधन चार्ज गर्न सकिने गरी दुई वटा विद्युतीय चार्जिङ स्टेशन स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिए। उनका अनुसार दुई वटा विद्युतीय चार्जिङ स्टेशन स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ लगानी गरिएको छ।
“एउटा गाडी चार्ज हुन करिब तीन घण्टा लाग्छ”, उनले भने।
चार्जिङ स्टेशन स्थापनापछि विद्युतीय सवारी पूर्णरूपमा सञ्चालन भएमा कार्बन उत्सर्जन तथा जलवायु परिवर्तन हुनबाट बचाउन सहज हुने उनले बताए।
माघ २८, २०७९ शनिबार १२:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।