हात्ती धपाउन टाँगेको करेन्टको धरापमा परी एक जनाको मृत्यु
काठमाडौं: विर्तामोड नगरपालिका– ७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। हात्तीबाट जोगिन घरअगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शुक्रबार राति घरबाट बाहिर निस्कने क्रममा करेन्ट लागेर घाइते भएका श्रेष्ठको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
श्रेष्ठले आफैँले जङ्गली हात्ती धपाउन घर वरिपरि विद्युतीय करेन्ट टाँगेका थिए।
माघ २८, २०७९ शनिबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।