पौडी खेल्न गएका दुईमध्ये एक जनाको शव भेटियो

काठमाडौं : सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ लोदेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ।
माघ २६ गते डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका–५ बस्ने २२ वर्षीय मकर रोकाय र २१ वर्षीय बीबी रोकाय सो नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले बीबी रोकायको शव फेला पारेको हो। अर्का एक जनाको खोजीकार्य भइरहेको छ।
माघ २७, २०७९ शुक्रबार २१:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।