मणिमुकुन्द रनिङ शिल्ड भलिबलको उपाधिका लागि स्याङ्जा र नवलपुर भिड्ने

मणिमुकुन्द रनिङ शिल्ड भलिबलको उपाधिका लागि स्याङ्जा र नवलपुर भिड्ने

बुटवल : रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधिका लागि स्याङ्जा र नवलपुरबीच प्रतिस्पर्धा हुने भएको छ। 

शुक्रबार भएको सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

नवलपुरले खेल २५–२३, २५–१८, १९–२५ र २५–१९ सेटमा जितेको थियो।

यसैगरी, शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले जिल्ला भलिबल संघ पर्वतलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको छ।

स्याङ्जाले पर्वतमाथि २५–२१, २५–१५ र २५–२० को अंकसहितको जित निकाल्यो। प्रतियोगिताको फाइनल प्रतिस्पर्धा शनिबार दिउँसो १ बजे हुने आयोजकले जनाएको छ। 

माघ २७, २०७९ शुक्रबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।