अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबैले ध्यान केन्द्रित गर्नुपर्ने समय भइसक्यो : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले हाल अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सबैले ध्यान केन्द्रित गर्नुपर्ने बेला भइसकेको बताएकी छन्।
संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको अर्थतन्त्र जटिल मोडमा पुगेकोले यसबारे गहन अध्ययन गरेर समस्याको समाधान गर्नुपर्ने बताइन्।
कोभिड महामारी र विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नै नेपालमा पनि अर्थतन्त्रमा समस्या देखिएको बताउँदै उनले तर यसो भनेर पन्छिने सुविधा भने नभएको उल्लेख गरिन्।
माघ २७, २०७९ शुक्रबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।