अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरेर ठगी

अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरेर ठगी

काठमाडौं : अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले पोखराका एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियार रहेका छन्। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

प्राविधिक सबुत, प्रमाण र ह्यूमन इन्टेलिजेन्सको आधारमा ह्याक  गरी सोही प्रोफाइलमार्फत सर–सहयोगको विभिन्न बहाना बनाएर रकम पठाउन लगाइ एक पीडितको साथबाट ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेको हो।

उनी उपर साइबर अपराधसम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

माघ २७, २०७९ शुक्रबार १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।