किन भेटे बङ्गलादेशी राजदूतले प्रधानमन्त्री दाहाललाई?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यस अवसरमा विशेषगरी दुई देशबीच जलविद्युत् व्यापार विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ।
माघ २७, २०७९ शुक्रबार १५:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।