भारतमा बीबीसीमाथि प्रतिबन्ध लगाउने रिट सर्वोच्चद्वारा खारेज

एजेन्सी : भारतको सर्वोच्च अदालतले बीबीसीमाथि प्रतिबन्ध लगाउन माग गरेको रिट खारेज गरेको छ।
हिन्दू सेनाले बीबीसीमाथि प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो।।
न्यायाधीश सञ्जीव खन्ना र एमएम सुन्द्रेशको इजलासले सेन्सरसिप लगाउन नसकिने आदेश दिएको हो।
गत महिना बीबीसीले वृत्तचित्र ‘द मोदी क्वोइसन’को दुई एपिसोड प्रसारण गरेको थियो। यो डकुमेन्ट्री भारतमा प्रसारणमा प्रतिबन्ध लगाइएको थियो।
यसको स्क्रिनिङलाई लिएर धेरै विश्वविद्यालयहरूमा हंगामा भयो भने केही विद्यार्थीलाई प्रहरीले पक्राउ गर्दै निस्कासितसमेत गरेको थियो
माघ २७, २०७९ शुक्रबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।