भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमणमा आउँदै
काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले नेपालको दुईदिने भ्रमण गर्ने भएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेश सचिव क्वात्राले आगामी फागुन १ र २ गते नेपाल भ्रमण गर्न लागेका हुन्।
भ्रमणका क्रममा उनीहरूबीच सम्पर्क सञ्जालको विस्तार, ऊर्जा, व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिजस्ता सहकार्यलगायत द्विपक्षीय विविध विषयमा छलफल हुने कार्यक्रम तय भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।
दुई देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरतामा यो भ्रमण हुन लागेको हो। यस भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
भ्रमण पूरा गरी भारतीय विदेश सचिव क्वात्रा फागुन २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
माघ २७, २०७९ शुक्रबार १५:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।