‘सत्य र न्यायको खोजी अभियान’ले पेस गर्‍यो नागरिकता विधेयकको मस्यौदा

‘सत्य र न्यायको खोजी अभियान’ले पेस गर्‍यो नागरिकता विधेयकको मस्यौदा
साङ्केतिक तस्बिर

काठमाडौं: ‘सत्य र न्यायको खोजी अभियान’ले नागरिकता विधेयकको मस्यौदा पेस गरेको छ। अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले नेपाली नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा आज गृहसचिव विनोदप्रकाश सिंहलाई हस्तान्तरण गरे। 

मस्यौदा हस्तान्तरण कार्यक्रममा श्रेष्ठले नागरिकता सम्बन्धी विद्यमान विवादहरू समाधानका लागि कानून संशोधन गर्नुपर्ने बताए।

मस्यौदामा जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता दिने, आमा भएका तर बाबुको पहिचान नभएका व्यक्तिलाई नागरिकता प्रदान गर्ने, बाबु र आमाको ठेगान नभएका व्यक्तिलाई नागरिकता प्रदान गर्ने, विदेशी पुरुषसँग विवाह गरेकी नेपाली नागरिक महिलाका सन्तानलाई नागरिकता प्रदान गर्ने र नेपाली नागरिक पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता प्रदान गर्नेसम्बन्धी विवाद समाधानका लागि पहल गर्नुपर्ने उल्लेख गरिएको छ।

उनले कानून संशोधन गरेर मात्रै नागरिकता सम्बन्धी समस्या समाधान गर्न सकिने बताए। अभियानका तर्फबाट प्रतिनिधित्व गरेका अधिवक्ता एसके तिमिल्सिनाका अनुसार यस विधेयकमा राष्ट्रिय हित, नागरिकतासम्बन्धी समस्या समाधान, लैङ्गिक समानता लगायत विषय समावेश गरिएको छ।

माघ २७, २०७९ शुक्रबार १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।