साप्ताहिक शेयर समीक्षा: बजार 'बुलिश'तर्फ सोझिएको स्पष्ट सङ्केत

साप्ताहिक शेयर समीक्षा: बजार 'बुलिश'तर्फ सोझिएको स्पष्ट सङ्केत

यो साता नेप्से परिसूचकमा वृद्धि देखियो। अघिल्लो साता नेप्से ८८.६७ अङ्कले घटेको थियो भने त्यसको ठीकविपरीत यो साता ८८.०७ अङ्कले बढेर पुनः करिब उही विन्दुमा पुगेको छ। 

यो साता कारोबार रकम पनि उल्लेख्य बढेको देखियो। आइतबार २०९४.५४ अङ्कबाट सुरु भएको बजार बिहीबारसम्म आइपुग्दा ८८.०७ अङ्कले वृद्धि भई २१८२.६१ विन्दुमा पुगेको छ।

शेयर बजारमा गएको आइतबार झिनो अङ्कको वृद्धि देखिएको थियो। त्यसदिन नेप्से सूचक १.५४ अङ्कले बढेर २०९६.०८ विन्दुमा उक्लिएको थियो। 

शेयर बजारमा सोमबार पनि झिनो अङ्कको वृद्धि भएको थियो। त्यसदिन नेप्से सूचक ४.५७ अङ्कले बढेर सूचक २१००.६५ को विन्दुमा पुग्यो। नेप्सेले पार गर्ने २१०० र २२०० विन्दुलाई शेयर बजारका विज्ञहरू गौँडोका रूपमा लिन्छन्। 

आइतबार करिब एक अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको थियो। केही समयदेखि करेक्सनमा लागेको बजार त्यसदिन पनि करेक्सनमै बसेको देखिन्थ्यो। 

त्यो दिन लगानीकर्ताहरू 'पर्ख र हेर'कै अवस्थामा बसेका देखिन्थे। हुन त नेप्से गतिहीन भएका बेला कारोबार रकम पनि सुस्ताउने गर्छ।

शेयर बजारमा सोमबार पनि झिनो अङ्कको वृद्धि भएको थियो। त्यसदिन नेप्से सूचक ४.५७ अङ्कले बढेर सूचक २१००.६५ को विन्दुमा पुग्यो। नेप्सेले पार गर्ने २१०० र २२०० विन्दुलाई शेयर बजारका विज्ञहरू गौँडोका रूपमा लिन्छन्। 

त्यो दिन नेप्सेले २१०० को गौँडो पार गरेको भए पनि कारोबार रकममा वृद्धि देखिएन। त्यसदिन दिनभर करिब डेढ अर्ब बराबरको कारोबार भएको थियो।

गएको मङ्गलबार भने नेप्से अत्यधिक अङ्कका साथ बढेको थियो। नेप्से सूचक ७६.६४ अङ्कले बढेर २१७७.३४ विन्दुमा पुग्यो। 

त्यसदिन करिब तीन अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो भने ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको थियो। 

यसअघि इन्ट्रा डे मा २२७८ विन्दुसम्म पुगेर करेक्सनमा लागेको नेप्सेमा फेरि उत्साह फर्किएको देखियो।

राष्ट्र बैङ्कले आज शुक्रबार आफ्नो अर्धवार्षिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने घोषणा गरेको छ। समीक्षामार्फत शेयर बजारमा लगाइएका अङ्कुशहरू धेरै हदसम्म खुकुलो हुनसक्ने आकलन अर्थविद्हरूको छ।

मङ्गलबार भएको फराकिलो अङ्कको वृद्धिले सम्भवतः बजारमा करेक्सन समाप्त भएर पुनः 'बुलिस मुड'मा बजार गएको अनुमान गरिएको छ। उच्च अङ्कको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको थियो। जसलाई सकारात्मक रूपले हेर्ने गरिन्छ।

त्यसदिन बजार बन्द भएपछि केन्द्रीय बैङ्कले मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको तथ्याङ्कमा शोधनान्तर अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिटेन्स लगायतका सूचकहरूमा महत्त्वपूर्ण सुधार भएको देखाएको थियो। यसले बजारलाई माथि लैजान निकै सहयोग पुगेको अनुमान गरिएको छ। यसअघि बजार घट्नुमा यिनै पक्षहरू प्रमुख कारक थिए।

साताको चौथो कारोबार  दिन बुधबार नेप्सेले सामान्य अङ्कको करेक्सन गरेको थियो। त्यसदिन नेप्से सूचक ७.१३ अङ्कले घटेर २१७०.२१ विन्दुमा अडिएको थियो। त्यसदिन पनि तीन अर्ब ६९ करोडको शेयर कारोबार भएको थियो।

साताको पाँचौँ कारोबार दिन बिहीबार नेप्से सूचक १२.४३ अङ्कले बढेर २१८२.६१ विन्दुमा आएको छ। दुई अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। 

दिनभर अस्थिर जस्तो बनेको बजार अन्तिम प्रहरमा भने सकारात्मक भएर बन्द भएको हो। 

राष्ट्र बैङ्कको मौद्रिक नीतिको पर्खाइमा बजार
राष्ट्र बैङ्कले आज शुक्रबार आफ्नो अर्धवार्षिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने घोषणा गरेको छ। समीक्षामार्फत शेयर बजारमा लगाइएका अङ्कुशहरू धेरै हदसम्म खुकुलो हुनसक्ने आकलन अर्थविद्हरूको छ।

समीक्षाले ब्याजदर घटाउने तथा शेयरसँग सम्बन्धित अवरोधका व्यवस्थाहरू हटाएमा यसले शेयर बजारलाई दीर्घकालीन रूपमा अघि बढ्न सहयोग पुग्ने विश्लेषण गरिएको छ। 

राष्ट्र बैङ्कका एक अधिकारीका अनुसार पछिल्लो समय आर्थिक सूचकहरू सबल बन्दै गएकाले कर्जा लगानी सहज बनाउने नीति लिइने भएको छ। खासगरी पुँजीगत खर्च बढाउन सहयोग पुग्ने किसिमको मौद्रिक नीति आउने ती अधिकारीले बताएका छन्।

केही करेक्सनहरूका बाबजुद पनि बुल रनमा बजारले क्रमशः नयाँ–नयाँ उँचाइहरू तय गर्छ। नेप्सेले करिब १७ महिनाको बियरिस चक्र पूरा गरेको अनुमान जानकारहरूको छ। अर्थतन्त्र र नेप्सेका पछिल्ला गतिविधिहरूले पनि यसलाई स्पष्ट सङ्केत गरिहेको छ।

यता, शेयर धितो कर्जामा पनि केही सहज नीति आउने सङ्केत राष्ट्र बैङ्कले दिएको छ। लगानीकर्ताहरूले पनि शेयर धितो कर्जामा १२ करोडको सीमाले शेयर बजारलाई निरुत्साहित गरेको भन्दै उक्त व्यवस्था फिर्ता गर्न सुझाव दिएका छन्। सोही अनुसार केही लचक व्यवस्था गर्न सकिने सम्भावना रहेको केन्द्रीय बैङ्कको भनाइ छ।

यता, बैङ्कहरूमा तरलता अवस्थामा सुधार हुँदै गएको छ। सीडी रेसियो, अन्तर बैङ्क ब्याजदर लगायतका सूचकहरू निकै तल आइसकेका छन्। 

यसले बैङ्कहरूमा कर्जा लगानी गर्न सक्ने क्षमता बढेको देखाउँछ। यस्तै, बजारले 'वियरिस साइकल'लाई समाप्त गरेर 'बुल'मा प्रवेश गरेको धेरैले विश्लेषण गर्न थालेका छन्। 

बुल सुरु हुनु भनेकै बजारको गति औसतमा माथितिरै लाग्नु हो।

केही करेक्सनहरूका बाबजुद पनि बुल रनमा बजारले क्रमशः नयाँ–नयाँ उँचाइहरू तय गर्छ। नेप्सेले करिब १७ महिनाको बियरिस चक्र पूरा गरेको अनुमान जानकारहरूको छ। अर्थतन्त्र र नेप्सेका पछिल्ला गतिविधिहरूले पनि यसलाई स्पष्ट सङ्केत गरिहेको छ।

माघ २७, २०७९ शुक्रबार १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।