आइएमई पे र श्रीयोग कन्सल्टिङबीच डिजिटल भुक्तानी प्रकृयाका लागि सम्झौता

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच डिजिटल भुक्तानी प्रकृयाका लागि सम्झौता

काठमाडौं : आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक बन्ने भएको छ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रालिबीच सम्झौता भएको हो।

अब श्रीयोग डट कमका कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित, आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्छन्।

यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फरदेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा स्कान गरी भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ।

माघ २७, २०७९ शुक्रबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।