हिजो स्थगित गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु

हिजो स्थगित गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु

काठमाडौं : हिजो बिहीबार स्थगित गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा राष्ट्रपतिको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ।

सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि बैठकमा सहभागी रहेका छन्।

त्यसैगरी, प्रधानमन्त्री दाहालसँगै एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बैठकमा उपस्थित छन्।

हिजो बिहीबार संयन्त्रको बैठक स्थगित गरेर दाहाल र ओली मात्र सिंहदरबारमा छलफलमा जुटेका थिए।

माघ २७, २०७९ शुक्रबार ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।