पश्चिम रुकुमको स्यालाखदी केन्द्रविन्दु भएर भूकम्प

पश्चिम रुकुमको स्यालाखदी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं: पश्चिम रुकुमको स्यालाखदी केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ।

माघ २७, २०७९ शुक्रबार १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।