साउदी प्रो लिग: अल नासर ४-० ले विजयी, चारै गोल रोनाल्डोको नाममा

एजेन्सी: साउदी प्रो लिगअन्तर्गत गए राति सम्पन्न खेलमा अल नासर विजयी भएको छ। अल वेह्दालाई ४-० गोलअन्तरले पराजित गर्दै अल नासर विजयी भएको हो।
अल नासरको लागि चार वटै गोल पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले गरे। उनले खेलको २१औँ, ४०औँ, ५३औँ र ६१औँ मिनेटमा गोल गरेका थिए। त्यसमध्ये ५३औँ मिनेटको गोल उनले पेनाल्टीमार्फत् प्रहार गरेका थिए।
उनले पहिलो गोल देब्रे खुट्टाले गरेका थिए। दोस्रो दाहिने खुट्टाले गरे। तेस्रो गोल पेनाल्टी र चौथो चाहिँ गोलकिपरको गल्तीको कारण भयो। योसँगै रोनाल्डोले आफ्नो खेल जीवनमा ६१ खेलमा तीन वा तीनभन्दा बढी गोल गरेको कीर्तिमान बनाएका छन्।
यो जितसँगै १६ खेलमा ११ जितसहित अल नासर ३७ अङ्क प्राप्त गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ।
माघ २७, २०७९ शुक्रबार १०:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।