राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छिन्। आज दिउँसो ३ बजे राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको सम्बोधनको प्रति प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन्।
आउँदो फागुन २८ गते राष्ट्रपति भण्डारीको कार्यकाल सकिने छ। त्यसअघि नै फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको मिति तय गरिएको छ।
माघ २७, २०७९ शुक्रबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।