जसपा सम्बद्ध बौद्धिक पेशाकर्मीहरूको भेला शनिबार

जसपा सम्बद्ध बौद्धिक पेशाकर्मीहरूको भेला शनिबार

काठमाडौं: जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेशाकर्मी महासङ्घको भेला भोलि माघ २८ गते शनिबार हुने भएको छ। पार्टी सम्बद्ध प्राध्यापक, कानून व्यवसायी, शिक्षक, पत्रकार, बैङ्कर तथा निजामती कर्मचारी, इञ्जिनियरहरूको भेलाले नेपाल बौद्धिक पेशाकर्मी महासङ्घको समिति गठन गर्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे हुने भेलामा महासङ्घका पदाधिकारी, सदस्यहरू तथा घटक सङ्घसङ्गठनका अध्यक्ष तथा पदाधिकारीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
 

माघ २७, २०७९ शुक्रबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।