समयमै निर्माण सक्न मन्त्रीले लिखित बाचा गराए पनि फेरि म्याद थप्ने तयारी, सात वर्षमा नबनेको सडकको दोष चाहिँ स्थानीयलाई
लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेपछि 'महाङ्काल–भृकुटी चोक–तेन्जिङ चोक–फैका–आनी गुम्बा–चपली–बूढानीलकण्ठ सडक' आयोजनाको काम तोकिएको सीमाभित्र सक्न निर्माण व्यवसायीलाई लिखित प्रतिबद्धता गराइएको थियो। तर, उक्त आयोजना फेरि पनि समयमै सम्पन्न नहुने भएको छ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गत पुस २८ गते सम्बन्धित १५ आयोजनाका निर्माण व्यवसायीहरू मन्त्रालयका सचिव, विभागका महानिर्देशक र विभिन्न आयोजनाका प्रमुखसहितको सहभागितामा तोकिएको समयभित्र निर्माण सक्न लिखित बाचा गराएका थिए।
तिनै आयोजनामध्ये काठमाडौंको हकमा सबैभन्दा धेरै भौतिक प्रगति देखिएको भनिएको आयोजना हो- 'महांकाल–भृकुटी चोक–तेन्जिङ चोक–फैका–आनी गुम्बा–चपली–बूढानीलकण्ठ सडक'।
सडक डिभिजनले 'विगत लामो समयदेखि विभिन्न कारण कार्य प्रगति हुन नसकेकोमा गत आवमा निर्माण कार्य सुरु भई उल्लेखनीय प्रगति भएकोले सम्पन्न हुने अन्तिम चरणमा' भन्दै यस आयोजनाको हालसम्मको प्रगति ९२ प्रतिशत राखेको छ।
यस आयोजनाको अन्तिम म्याद यही माग २९ गतेसम्मको छ। तर, बारम्बार म्याद थप्दा पनि यस पटक समेत आयोजना सम्पन्न नहुने भएको हो।
सडक डिभिजन काठमाडौं र निर्माण कम्पनी तुदी/प्रेरा जेभीबीच ०७३ साल जेठ २३ गते नै आयोजनाको सम्झौता भए पनि करिब सात वर्ष पुग्न लाग्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन।
सडक डिभिजनले 'विगत लामो समयदेखि विभिन्न कारण कार्य प्रगति हुन नसकेकोमा गत आवमा निर्माण कार्य सुरु भई उल्लेखनीय प्रगति भएकोले सम्पन्न हुने अन्तिम चरणमा' भन्दै यस आयोजनाको हालसम्मको प्रगति ९२ प्रतिशत राखेको छ।
आयोजना पूरा नहुँदै बिग्रियो पिच, देखिन थाल्यो ढलानको फलाम!
सम्झौताअनुसार ०७५ जेठ २२ गते नै यो आयोजना निर्माण सम्पन्न हुनुपर्ने थियो। तर, विभिन्न कारण देखाएर साढे चार वर्ष बढीको म्याद थप्दै ०७९ माघ २९ गते पुर्याइएको थियो।
ठाडो उकालो उक्त सडकको ढलानमा मान्छेको पाइलाको छापहरू पनि देखिन्छ। ठाडो उकालोमा फलाम देखिने गरी खाल्डो हुनु दुर्घटनाको जोखिमको हिसाबले संवेदनशील हो।
यो एउटै सडकमा फरक फरक रुटको आयोजना जोडिएको छ। जसमा एउटामा ०+०००३+६०० छ भने अर्कोमा ३+६००–६+८५० छ।
उकेराकर्मी उक्त आयोजनाको अवस्था हेर्न महाङ्कालदेखि चपलीसम्म पुग्दा कुनै ठाउँमा पिच नै नभएको देखियो भने कुनै ठाउँमा पिच उप्किसकेको र ढलान भत्किएर फलाम देखिन थालेको भेटियो। महाङ्कालदेखि भृकुटी चोक पुग्दा सडकको अवस्था खासै राम्रो देखिएन। अनि भृकुटी चोककै सडक भने पूरै मर्मत गर्नुपर्ने छ। तेन्जिङ चोकसम्मको बाटोमा पनि पिच पातलो भइसकेको छ।
तेन्जिङ चोकदेखि फैकासम्म राम्रै देखिए पनि आनी गुम्बा अगाडिको सडकमा भएको ढलान फुटेर फलाम देखिने अवस्थामा छ।
ठाडो उकालो उक्त सडकको ढलानमा मान्छेको पाइलाको छापहरू पनि देखिन्छ।
ठाडो उकालोमा फलाम देखिने गरी खाल्डो हुनु दुर्घटनाको जोखिमको हिसाबले संवेदनशील हो।
उकालो कटेसँगै आउने चुनिखेलमा त केही काम भएकै देखिँदैन। सडक धुलाम्य छ।
उनका अनुसार ठेक्काको सम्पूर्ण काम मन्त्रिपरिषद्ले नै निर्णय गर्ने हुँदा यसलाई सडक डिभिजन आफैँले ठेक्का रद्द गर्न पनि मिल्दैन। आयोजना सुरु भएको ६ वर्ष कटिसक्दा अगाडि बनाएको सडकहरू पनि बिग्रँदै आएको अवस्थामा उक्त सडकको मर्मत गरेपछि मात्र निर्माण कार्य सम्पन्न मानिने उनले बताए।
अनि कपन गुम्बा पछाडिको केही सडक भने पिच भएको राम्रो अवस्थामा छ। तर, त्यससँगै चपली हुँदै बूढानीलकण्ठ जाने बाटोमा केही कच्ची नै छ। कतै भने पिच छ।
'जति ढिला भयो, त्यति नै ठेकेदारलाई घाटा'
आयोजना सम्पन्न हुनुअघि नै सडक बिग्रिनुले कामको गुणस्तर निम्छरो भएको प्रष्टै देखिन्छ।
सडक डिभिजनका इन्जिनियर तथा आयोजना प्रमुख तुलाकान्त चौधरी भने निर्माण कार्यमा जति ढिला गर्यो त्यति नै निर्माण व्यवसायी तथा ठेकेदारलाई घाटा हुने बताउँछन्।
आयोजनाको म्याद सकिन लाग्दा काम सम्पन्न हुनु साटो पुनः म्याद थप गर्नपर्ने अवस्था भएको भन्दै इन्जिनियर चौधरी भन्छन्, 'उनीहरू (निर्माण व्यवसायी)ले गर्न चाह्यो भने त दुई दिनको मात्र काम हो नि। तर, पटक पटक पत्र पठाउँदा र दोहोरो संवाद गर्दा पनि कार्य सम्पन्न हुन सकेको छैन। धेरै गर्नुपर्ने पनि छैन। तर, पनि समय भने थप गर्नुपर्ने देखिन्छ।'
उनका अनुसार ठेक्काको सम्पूर्ण काम मन्त्रिपरिषद्ले नै निर्णय गर्ने हुँदा यसलाई सडक डिभिजन आफैँले ठेक्का रद्द गर्न पनि मिल्दैन। आयोजना सुरु भएको ६ वर्ष कटिसक्दा अगाडि बनाएको सडकहरू पनि बिग्रँदै आएको अवस्थामा उक्त सडकको मर्मत गरेपछि मात्र निर्माण कार्य सम्पन्न मानिने उनले बताए।
'त्यहाँ पर्ने लगभग सबै घर भत्किएको भए पनि एउटा/दुईटा चाहिँ अझै बाँकी छ। चिसोमा अलिकति पिच गर्न नमिल्ने हुनाले तापक्रम मिलेसँगै त्यहाँ पनि हामी पिच गरिहाल्छौँ। नत्र हामीले त एक वर्षअगाडी नै सबै सकाइसकेको हो', उनले भने।
बीचमा फुटपाथको विवाद आएपछि कार्य तत्कालको लागि रोकिएको भए पनि अहिले भने त्यो विवाद नभएको समेत उनले बताए।
स्थानीय अवरोधका कारण फेरि समय थप्नुपर्ने निर्माण व्यवसायीको भनाइ
आयोजनाको सम्पूर्ण काम सकिसकेकाले अब चुनिखेलको पाँच सय मिटर सडक मात्र बाँकी रहेको तुदी/प्रेरा जेभीका प्राविधिक इन्जिनियर निरज चन्द बताउँछन्।
केही घरहरूले सडकमा अवरोध गरेकाले सो क्षेत्रमा काम हुन नसकेको उनले बताए।
'हाम्रो सबै काम सकिसकेको छ। चुनिखेलदेखि पाँच सय मिटर चाहिँ बीचको घरहरू नभत्काएको हुनाले बीचको सेक्सन छोडेर अरू सबै काम हामीले पूरा गर्यौँ', उनी भन्छन्, 'ठेक्का सबै फाइनल हुने स्थितिसम्म आइपुग्दा चाहिँ नयाँ वडा अध्यक्ष आउनु भयो। अनि फेरि त्यहाँ नयाँ प्रक्रियामा जानुपर्ने भयो। त्यही भएर अलि समय लागेको हो। अब त्यहाँ पनि पिच गर्न मात्र बाँकी छ।'
एक वर्षअगाडी नै आफूहरूले आयोजना सम्पन्न गरेको भए पनि स्थानीय अवरोधकै कारण लम्बिरहेको समेत उनले बताए।
'त्यहाँ पर्ने लगभग सबै घर भत्किएको भए पनि एउटा/दुईटा चाहिँ अझै बाँकी छ। चिसोमा अलिकति पिच गर्न नमिल्ने हुनाले तापक्रम मिलेसँगै त्यहाँ पनि हामी पिच गरिहाल्छौँ। नत्र हामीले त एक वर्षअगाडी नै सबै सकाइसकेको हो', उनले भने।
'बनिसकेको सडकहरू पनि बिग्रँदै गएको रहेछ नि?' भन्ने प्रश्नमा उनी भन्छन्, 'अहिले बिग्रिसकेको पनि सबै फाइनल गरेपछि मात्र फाइनल हुने हो। त्यहाँ बिग्रेको ढलानहरू हामी यसमा जोडिनुभन्दा अगाडि नै बनिसकेको हुनाले त्यो बनाउने जिम्मा त वडाकै हुन्छ। हामीले गरेको नयाँ ढलानमा त त्यस्तो छैन।'
त्यही अवरोधकै कारण आयोजना यो माघमा पनि नसकिने हुँदा म्याद थप्नुपर्ने अवस्था भएको पनि उनले बताए।
'त्यो पनि अहिले लगभग समाधान भइसकेको छ। अब समय थप्यो भने एक/डेढ महिना थपेर सकाउने। अवरोध हटेपछि २०/२५ दिनको काम हो सकिन्छ', उनले भने।
माघ २७, २०७९ शुक्रबार ०८:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।