विवेकशील साझाको पहिलो महाधिवेशन आजबाट

विवेकशील साझाको पहिलो महाधिवेशन आजबाट

काठमाडौं: विवेकशील साझा पार्टीको महाधिवेशन आजबाट सुरु हुँदैछ। पार्टीको पहिलो महाधिवेशन आजबाट कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ।

आज बिहान १० बजे महाधिवेशन उद्घाटन कार्यक्रम रहेको छ।

पार्टीका नेता केशव दाहालको नेतृत्त्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन भई महाधिवेशनको सम्पूर्ण तयारी गरिएको थियो। महाधिवेशनले पार्टीलाई नयाँ नेतृत्त्व र नीतिगत स्पष्टता दिने विश्वास पार्टीले लिएको छ।

विवेकशील साझाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन्।

यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, माओवादी केन्द्रकी नेता पम्फा भुसाल र विवेकशील साझाका पूर्व नेता गोविन्द नारायण लगायतले सम्बोधन गर्ने प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।

महाधिवेशनमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुनेछन्।

माघ २७, २०७९ शुक्रबार ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।