उकेरा टप फाइभ : अर्थमन्त्रीका ज्वाइँमाथि सतर्कता केन्द्रको छानबिनदेखि सुदूरपश्चिममा सत्ता पल्टिएकोसम्म

उकेरा टप फाइभ : अर्थमन्त्रीका ज्वाइँमाथि सतर्कता केन्द्रको छानबिनदेखि सुदूरपश्चिममा सत्ता पल्टिएकोसम्म

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा भेटवार्ता भयो।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर छलफलमा जुटेका उनीहरू राष्ट्रपतिको उम्मेदवार तय गर्न प्रयासरत रहे।

बिहीबार नै सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रस्ताव राखे पनि बहुमत अस्वीकृत भयो। अस्वीकृत भएसँगै उनले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा पेश गरे। जोशीले रावलको राजीनामा स्वीकृत गर्दै कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भए।

यस्तै, बिहीबार नै आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत त्रिवि क्रिकेट मैदानमा हुने त्रिदेशीय क्रिकेट सिरिजका लागि नेपाली टिमको घोषणा भयो। जसमा बलात्कार आरोपी सन्दीप लामिछानेलाई पनि समेटियो।

आजै भएको २० वर्षमुनिको महिला साफ च्याम्पियनसिपको उपाधि भित्र्याउनबाट नेपाल चुक्यो। बंगलादेशमा भएको फाइनल खेलमा नेपाल आयोजकसँग ३–० ले पराजित भयो।

अब लागौं टप फाइभतर्फ
उकेराले बिहीबार विहान राजनीतिक प्रभावको बलमा करार म्याद थप्दै आएका अर्थमन्त्री विष्णु पौडेलका ज्वाइँ डा. गौरवराज ढकालको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको समाचार प्रकाशित गर्यो। केन्द्रले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई माघ ६ गते पत्र लेख्दै तीन दिनभित्र कागजातसहित प्रतिक्रिया पठाउन अनुरोध गरेको थियो।
पूरा समाचारः राजनीतिक प्रभावको बलमा करार म्याद थप्दै आएका अर्थमन्त्री पौडेलका ज्वाइँ डा. गौरवमाथि सतर्कताले थाल्यो छानबिन

मध्यान्हतिर उकेराले केपी ढुंगानाको विचार सम्प्रेषण गर्यो। रवि लामिछानेले कानूनी रूपमा नेपाली नागरिक नबनी राजनीतिक अधिकार प्रयोग गरे जुन संविधानले पनि स्वीकार गरेको छैन। त्यसैले यसलाई विदेशमा रहेका लाखौँ गैरआवासीय नेपालीको समस्यासँग जोडेर तरङ्ग फैलाउन आवश्यक देखिन्न।
पूरा विचारः कृतघ्न रविले बुझ्नैपर्ने कुरा- कानून त मर्दैन चुत्थै देश भए पनि

अपरान्हतिर उकेराले इन्टरनेशनल सिभिल एभिएनस अर्गानाइजेशन (आइकाओ)को परीक्षणमा उत्तीर्ण भएको नेपाली वायुसेवालाई युरोपियन युनियन (ईयू)ले भने अझै कालोसूचीमा राखेको छ। नेपाल भइरहेका लगातारका दुर्घटनाको कारण उनीहरूले कालोसूचीबाट नहटाएको नागरिक उड्ययन प्राधिकरणको दाबी छ।
पूरा समाचारः नेपाली वायुसेवा आइकाओको परीक्षणमा उत्तीर्ण, तर कालाेसूचीबाट हटाउँदै-हटाउँदैन ईयू

साँझमा उकेराले नियमित स्तम्भ हिजोका कुरा प्रकाशित गर्यो। लामो समय विकट जिल्लामा बसेर काम गरेका डा. दिनेश बाँस्तोलाको अनुभव समेटिएको फिचर छ। सामग्रीमा उनको विगतका अनुभवलाई समेटिएको छ।
पूरा समाचारः हिजोको कुरामा डा. दिनेश बाँस्तोला : ‘लभ म्यारिज’ गर्दा २५ रूपैयाँमै बिहे सकियाे

यस्तै, उकेराले आजै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको विश्वासको मत लिएदेखि नयाँ मुख्यमन्त्री नियुक्त भएसम्मको समाचार प्रकाशित गर्यौं। प्रदेशमा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भए।
पूरा समाचारः सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त, ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने

माघ २६, २०७९ बिहीबार २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।