सुनखानीमा पहिराे जाँदा पुरिएर १० जनाको मृत्यु

सुनखानीमा पहिराे जाँदा पुरिएर १० जनाको मृत्यु

एजेन्सीः पश्चिमी बुर्किना फासोमा रहेको अस्थायी सुनखानी भत्किँदा १० जनाको मृत्यु भएको छ।

बुधबार बिहान खानीमा काम गरिरहेको समयमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको बुर्किना फासोको खानी व्यवसायी सङ्घलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

हाउन्डे सहर नजिकैको फसेकामध्ये केहीलाई जीवित उद्धार गर्न सकिने विश्वाससहित थप श्रमिकको उद्धार प्रयास जारी रहेको समाचारमा उल्लेख छ।

‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ,’ सङ्घका एक सदस्य मौसा ओएड्राओगोले भने।

बुर्किना फासोको सुन खानी स्थलहरूमा बारम्बार पहिरो खस्ने गरेको छ। बुर्किना फासोमा १७ वटा औद्योगिक खानीले प्रतिवर्ष करिब ७० टन उत्पादन गर्ने गरेको छ।

यहाँबाट युरोप, अमेरिका, चीनलगायतका विश्वका विभिन्न गन्तव्यमा सुन निर्यात हुनेगर्छ।

माघ २६, २०७९ बिहीबार २१:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।