साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल ३–० गोलले पराजित
काठमाडौं : २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि आयोजक बंगलादेशले जितेको छ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा बंगलादेशले नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक–एक गोल गरे।
खेलको ४२औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाउँदा पहिलो हाफको इन्जुरी समयमा शामसुनाहरले गोल गर्दै २–० को अग्रता बनाइन्।
त्यसपछि खेलको ८७औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशको जित पक्का गरे।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन्।
चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो। बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो।
माघ २६, २०७९ बिहीबार २१:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।