सन्दीपसहित १४ सदस्यीय नेपाली क्रिकेट टिम घोषणा
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ।
क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेलाई समेट्दै १४ सदस्सीय टिम घोषणा गरेको हो। क्यानको निलम्बन फुकुवापछि सन्दीप पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्।
नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो। तर, पोखरामा बसेको क्यान कार्यसमिति बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।
क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो। सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।
यस्तै टोलीमा सन्दीप जोरा, कुशल मल्ल र भिम सार्कीले पुनरागमन गरेका छन्। सूर्य तामाङ पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन्। नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्नेछन्।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ।
माघ २६, २०७९ बिहीबार २०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।