ढाकाटोपीमा ब्रह्मानन्दम्, रामोजीमा छायाङ्कन हुँदै नीताको ‘ह्रस्वदीर्घ’

ढाकाटोपीमा ब्रह्मानन्दम्, रामोजीमा छायाङ्कन हुँदै नीताको ‘ह्रस्वदीर्घ’

काठमाडौं : भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायांकन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ भारतीय कलाकार ब्रह्मानन्दम् र अली देखिएका छन्।

ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत भएका छन् भने अली राजस्थानी ‘लुक्स’मा देखिएका छन्।

भारतको तामिल र तेलुगु चलचित्रमार्फत नेपालमा समेत यी दुईको प्रसंशक राम्रै छन्। सँगै रहेका अभिनेता रवीन्द्र झा पण्डितको वेशभूषामा प्रस्तुत छन्।

अभिनेत्री नीता ढुङ्गाना निर्मात्री रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरिरहेका छन्। फिल्म बाह्र दिनसम्म रामोजी स्टुडियोमै छायाङ्कन हुने र त्यसपछि आग्रास्थित ताजमहल र नेपालमा छायांकन हुने निर्मात्री ढुङ्गानाले बताइन्।

युवापुस्ताको प्रेमलाई विम्ब बनाएर कथा तयार गरिएको चलचित्रमा नेपाली कलाकार सरोज खनाल, विपना थापा, हरिहर अधिकारी, आयुश मिश्रालगायतको अभिनय रहनेछ।

माघ २६, २०७९ बिहीबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।