एक गल्तीका कारण गुगललाई १०० अर्ब डलरको नोक्सान

एक गल्तीका कारण गुगललाई १०० अर्ब डलरको नोक्सान

एजेन्सी : आफ्नो एक विज्ञापनमा गल्ती भएपछि गुगल प्रयोगकर्ताहरूलाई आफू नै आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको दौडमा अगाडि भएको आश्वस्त पार्न खोजिरहेको पाइएको छ।

गुगलको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट ‘बार्ड’को विज्ञापनमा गरेको गल्तीका कारण गुगलले १०० अर्ब डलरको नोक्सानी बेहेरेको बीबीसीले जनाएको छ।

गुगलले हालै आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट ‘बार्ड’ ल्याउने घोषणा गरेको थियो।

सोमबार सार्वजनिक गरिएको उक्त विज्ञापनमा नौ वर्षीया छात्राले जेम्स वेब स्पेस टेलिस्कोपको खोजको बारेमा च्याटबटलाई प्रश्न सोधेकी थिइन्।

जवाफमा, च्याटबोटले भन्यो, ‘यो टेलिस्कोपले पहिलो पटक पृथ्वीको सौर्यमण्डल बाहिरको ग्रहको तस्बिर लिएको थियो।’

तर, खगोलविद्हरूले यो जानकारीलाई गलत भन्दै पहिलोपटक यो तस्बिर लिएको रेकर्ड सन् २००४ मा युरोपमा निकै ठूलो टेलिस्कोपको नाममा रहेको बताए।

खगोदविद्हरूको जवाफपछि बुधबार गुगलको मूल कम्पनी अल्फाबेटको सेयर सात प्रतिशतले घट्दा कम्पनीलाई १०० अर्ब डलर घाटा भएको हो।

माघ २६, २०७९ बिहीबार १९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।